Subscribe Us


नमस्ते, यादव चन्द्र विष्टको व्यक्तिगत वेवसाइटमा तपाईंलाई हृदय देखि नै हार्दिक स्वागत छ ।

लु लाग्नबाट रोकथाम गर्नको लागि जानकारी

 

लु लाग्नबाट रोकथाम गर्नको लागि जानकारी



नरम लक्षणहरू: टाउको दुख्नु, रिँगटा लाग्नु, वान्ता हुनु, अनुहार पहेँलो हुनु, मुटु छिटो छिटो चल्नु, चिसो पसिना आउनु
कडा लक्षणहरू : शरीर काम्नु, कोमा, र मृत्यु समेत

जोखिममा रहेका मानिसहरू

प्रौढ मानिसहरू, दीर्घ रोग भएका बिरामीहरू, घर बाहिर काम गर्ने कामदारहरू

रोकथामका उपायहरू

पहिरन :
खुकुलो हलुका रङको सुतिको लुगा लगाउनुहोस् ।

पेय पदार्थहरू:
यदि तपाईँको शरीरले अनुमति दिन्छ भने प्रशस्त मात्रामा पानी पिउनुहोस् । तपाईँलाई धेरै पसिना नआए पनि प्रत्येक दिन कम्तीमा पनि आठ गिलास (प्रत्येक गिलासमा २५० मीली लिटर) पानी पिउनुहोस् । घर भित्र बस्दा प्रत्येक एक घण्टामा र घर बाहिर बस्दा प्रत्येक आधा घण्टामा पानी पिउनुहोस् । मदिरा र अन्य उत्तेजक पेय पदार्थबाट टाढै रहन नबिर्सनुहोस् ।

आवास:
घर भित्र प्रशस्त ताजा हावा आउ जाउ गर्ने व्यवस्थालाई कायम राख्नुहोस् ।

यातायात:
तपाईँ घर बाहिर जानु भन्दा पहिला मौसम सम्बन्धी पूर्वानुमानबारे जानकार हुनुहोस् । अत्यन्त गर्मी हुने चेतावनी दिइएको अवस्थामा सूर्यको किरणमा जान र थकाइ लाग्ने खालको व्यायाम गर्नबाट टाढा रहनुहोस् । आफ्नो छाता पेय पदार्थ बोक्नुहोस् र घर बाहिर जाँदा फराकिलो किनारा भएको टोपी ओढ्नुहोस् । आफ्नो छालाको रक्षा गर्नको लागि प्रत्येक दुई घण्टामा सन स्क्रिन लोसन लगाउनुहोस् ।

लु लागेकोमा हेरचाह

१.बिरामीलाई तत्काल ओतमा लैजानुहोस् । चिसो बनाउनको लागि पङ्खा वा एयर कण्डीशनर चलाउनुहोस्
२.शरीर पुछ्नको लागि भिजाएको तौलिया प्रयोग गर्नुहोस् ।
३.यदि प्रौढ व्यक्ति होसमा छ भने गुमेको तरल पदार्थलाई प्रतिस्थापन गर्नको लागि तिनीहरूलाई प्रशस्त चिसो पेय पदार्थ दिनुहोस्
४.दि बिरामी अचेत भएको वा निन्याउरो भएको छ भने जति सक्दो चाँडो बिरामीलाई अस्पतालमा लैजानुहोस् ।

Post a Comment

0 Comments