Subscribe Us


नमस्ते, यादव चन्द्र विष्टको व्यक्तिगत वेवसाइटमा तपाईंलाई हृदय देखि नै हार्दिक स्वागत छ ।

३.९६ जीपीए सहित उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्ड माविको दावी



बुटवल, ३० साउन । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गरे सङ्गै अक्सफोर्ड मावि बुटवलले उत्कृष्टता हासिल गरेको छ । विज्ञान ,व्यवस्थापन, तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा एक सय २० जना विद्यार्थीले ए प्लस ल्याएका छन् । विज्ञान संकाय अध्ययन गर्ने दिया भुसालले ३.९६ जीपीए ल्याएर उत्कृष्ट बनेकी छिन् । त्यस्तै व्यवस्थापन संकायका सुमित पोखेलले ३.९० जीपीए अङ्‌क ल्याएका छन् भने सागर सिंहले ३.८५ जीपीए, अभियान रेग्मी ३.८२, युवराज भण्डारीले ३.८१  जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए । विगत बर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्डले अहिले पनि उत्कृष्टता हासिल गर्न सफल भएको प्राध्यापक सुमन भुसालले बताए । अक्सफोर्ड मावि बाट यस बर्षको नतिजामा ८६ प्रतिशत विद्यार्थीले उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको हुँदा सम्भवत अक्सफोर्डको नतिजा देशकै उत्कृष्ट भएको विद्यालयको दावी छ ।

Post a Comment

0 Comments