Header

Nepal Perspectives by Yadav Chandra Bista
Deep Educational Analyses
Socio-Economic Commentary
Critical Policy Insights
Contemporary Reflections
Deep Educational Analyses
Socio-Economic Commentary
Critical Policy Insights
Contemporary Reflections
Follow →

मेरी प्यारी मेरी भरोसा, मेरो सफलता, मेरी सुकुमारी आज विशेष दिन, जन्मदिनको अवसरमा यो प्रेमरुपी पत्र तिम्रो लागि समर्पण गर्दै छु |

 

मेरी हृदयकी रानीतिम्रो जन्मदिनको असिम सुभकामना
 

मिति २०८०/०६/०५ गते शुक्रवार

समय :- १२:०० रातको बजे

                                              "प्रेम पत्र"

मेरी प्यारी सुन्तु, मेरी हृदयकी रानी, तिम्रो जन्मदिनको असिम सुभकामना, भगवान रुपी तिम्रा माता पिता जसले यो धर्तीमा सुन्दर फुलको जन्म दिनुभयो | त्यो सुन्दर फुल अनि त्यो स्वर्गको टुक्रा अनि  भगवानको अनुपम लिला जसलाई मेरो हृदयमा सझाउने सौभाग्य प्राप्त भयो, मेरो सिर सर्वोच्च शिखर सगरमाथा भयो | मेरो साहास आँट सात समुन्द्र भन्दा ठुलो भयो | मेरी प्यारी मेरी भरोसा, मेरो सफलता, मेरी सुकुमारी आज जन्मदिनको अवसरमा यो प्रेमरुपी पत्र तिम्रो लागि समर्पण गर्दै छु |

हरेक दिन आउने यो चौबीस घण्टाको समय तिमीलाई सम्झिनका लागि एक पलजस्तो मात्र लाग्छ यी सपनाजस्ता दिन तिम्रै झझल्कोमा बित्दै बित्दै जान्छन् मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ, तिमीलाई त्यहाँसम्म देख्छु |

तिमीसँग बिताईरहेका रहेका हरेक पल ति मेरो हृदयको पानपाते पानामा स्मृतिको कलमले कहिल्यै नमेटिने गरी लेखेको छु प्यारी मान्छे, तिमी त्यो सुन्दरता हौ, जसलाई तस्वीरमा उतार्न सकिन्न तिमी त्यो भाव हौ, जसलाई कवितामा लेख्न सकिन्न

गडयाङ गुडुङ आवाज निकाल्दा चिरिएर दुई फयाक भएको आकाशको छातीबाट भएको मुसलधारे वर्षाबाट हाम्रा मुटुहरु लगलगाइरहेछन् प्रेमको हर्ष विष्मादोन्मुख प्रतिच्छायाँमा लुकामारी खेलिरहेछन् यी कम्पित मुटुलाई ठेगान लगाउन मलाई तिम्रो अनि तिमीलाई मेरो मायाको न्यानो चाहिएको न्यानो मान्छे, तिमी मिलेर भावनाको उर्बर खेती गर्ने किसान बनौं

तिम्रा हरेक जन्म दिन यसरीनै खास बनाउन सकु, मेरी हृदयकी रानी तिम्रो छातीमा लुटुपुटु गर्दै तिम्रो अंगालोमा निदाउन पाउ, | प्रेम शाश्वत महान  समर्पणले यसलाई अझ गाढा बनाउँछ प्रेममा एक अर्काको अनुपस्थितिले यादलाई अझ प्रगाढ बनाउँछ माया चरमोत्कर्षमा पुग्छ विश्वभरिका राता गुलाफहरु जोडेर मैले तिमीलाई विराजमान गराउन मेरो हृदयमा सिंहासन तयार गरेको छु मेरी रानी सुस्तरी बस है, यो गुलाफमय रक्तिम सिंहासनमा प्रेमजस्तै कोमल नाजुक यो पनि भत्किन सक्छ

मेरी महामहिम, तिमी सर्वश्रेष्ठ हौ तिमि एकछिन मेरो साथमा नहुदा दिउँसो, राति, भोक, तीर्खा, निन्द्रा मलाई छुटयाउन गाह्रो पर्छ केवल तिम्रो ख्याल मेरो तीर्थ हौ तिमी हरपल प्रेम चढाइरहनेछु | लाग्छ यो शीर तिम्रो हरपल रक्षा स्वाभिमानको लागि हरपल सगरमाथा बनेर उभिरहनेछ | तिम्रै लागि यो धर्तीमा जन्म लिए, तिम्रै लागि जीवन अर्पण गर्छु

तिमी प्रेमको दूत मेरो मृगतृष्णा मेरो तन, मन जीवनमा तिम्रो स्पर्शको न्यानोपनले मेरो जीवन सिंचित जीवन पूर्ण भएको रुवा भन्दा पनि न्यानो, नरम कोमल छौ तिमी मलाई

सम्झिँदैछु त्यो प्रेममय क्षण हाम्रो अटुट संघर्षलाई मुर्तरुप दिन तिम्ले गरेका संघर्ष अनि तिम्ले दर्शाएको त्यो अनुपम प्रेम तिम्रो त्यो अगाध प्रेम त्यो तिम्रो समर्पण  आहा क्या सुन्दर कति असिम अनि कति निश्चल   |

हाम्रा ति बिगतका प्रेम बिर्सिन सक्दिनँ तिम्रा ती स्वर्गको आभास दिलाउने अमूल्य, अदभुत, अस्पृश्य भलकहहरु ती भव्यताले भरिपूर्ण झलकको सहारामा मैले स्वर्गको कल्पना गरेंको थिए तिम्रो तस्वीरलाई अन्तस्करणको क्यानभासमा टाँगेंको थिए दिलको बाकसमा लुकाएँ तिमीलाई कसैले नचोरुन् भनेर समर्पणको चाबी लगाएँको थिए

हाम्रो प्रेम दिन प्रति दिन गहिरियो तिम्रो अनुमतिबिना तिमीलाई नियाल्थ्येँ तिम्रो नजर पर्नसाथ अन्तैतिर सुसेल्थ्येँ प्रकृति ईश्वरको सुन्दर सृष्टि तिमी, सुन्दर व्यक्तित्वकी धनी तिमी, ती मिलेका दाँत खोलेर मुस्कुराउँदा मन्त्रमुग्ध बनेर हेरिरहन्थें हाम्रा नजरको अञ्जानमा मिलन हुँदा मेरो धडकनको चाल बढ्थ्यो तिम्रो ढुकढुकी छाम्दा पनि हालत उस्तै थियो

यो प्रेमयात्रामा तिमीले बाहार बिछ्याइदियौ स्वर्ग सपनाको किरण छरिदियौ अनि माया नै मायाको पुष्पवृष्टि गरिदियौ मेरो आत्माको नदी तिर्खाएको हुन्थ्यो |  अनि तिम्रो नदीसँग मिसिएर समुन्द्रमा अनुवादित हुदै आलिङ्गनमा लिन हुन्थ्येँ भद्र मान्छे, संसारकै श्रेष्ठ मान्छे, समुन्द्रको नुनिलो पानीझै हुँदोरहेछ माया जति पियो, त्यति प्यास जाग्ने कहिल्यै तृप्ति नहुने मायाप्रीति लगाउनका लागि एक पलजस्तो मात्र लाग्छ यो जीवन किनकि यो असीम अविराम

मेरी प्यारी, ती लुटेराहरुले घमण्ड गर्नु बेकार , जो अर्काको सामान सकुशल लुटन पाएकोमा गर्व गर्छन् हामीले संसारकै अमूल्य चीजलाई आफ्नो स्वामित्वमा लिएका छौ त्यो हो हाम्रो मन जसलाई हिरामोती, जवाहरात, खजाना कुनै पनि महँगो कुराले किन्न सकिन्न

यो आकाशको बादल, घनघोर वर्षा, घामको उज्यालो, जुनताराको शीतलता, धर्तीको हरियाली, फूलहरुको सुगन्ध अनि सुन्दरता, शीतको माला, असीना हिउँको साम्राज्य, हिमाल पहाडको लहर जुनसुकै चीजहरुले मेरो सामु तिम्रै प्रेमको सौगात लिएर आउँछन् प्रेमगीतहरु सुन्दा अझ तिमी प्रतिको अनुरागले उग्र रुप लिन्छ यो पृथ्वीको हर कणमा तिमी भएको आभास हुन्छ

तिम्रो प्रेममा जव लिन हुन्छु तव गर्दागर्दै गर्न बिर्सिन्छु, हिडदा हिडदै हिड्न बिर्सिन्छु। कोमल प्राणी, मात्र तिमीलाई वारम्बार सम्झिन्छु जहाँ जाउँ, तिमी नै तिमी, हेराईमा तिमी, खोजाइमा तिमी, यो जिन्दगीको श्रुतिमधुर गजल तिमी, हाँसो, आँसु, आश्चर्य अनि गुनासो सबैमा तिमी नै तिमी संसारभरीकै आदरणिय, अद्धितिय प्रिय छौ तिमी मेरो लागि यो कस्तो बेहोशी ? कस्तो रोग ? यसको उपचार खोज्दैछु सबैतिर मायालुको रुप देख्ने दृष्टिभ्रम हो कि यथार्थ ? दोधारमा छु मझधारमा छु तिम्रो महिमा गाउन, तिम्रो भव्यताको तारिफ गर्न तिमीलाई सम्बोधन गरेर बोलाउन कुनै उपमा पनि उचित छन् जस्तो लाग्दैन् तिमी सबैभन्दा अग्रस्थानमा छौ

हामी एक अर्काविना पूरा हुनै सक्दैनौं तिमी मेरो आधा अङ्ग हौ तिम्रो आधा अङ्ग हुँ हामी दुवैको सङ्गमपूर्ण रुप हो तिम्रो मेरो नशासँग नशा, मुटुसँग मुटु जोडिएको जस्तो लाग्छ तिम्रो राम्रो खबर सुन्दा मन फुरुङ्ग हुन्छ नराम्रो सुन्दा बैलाउँछ

मेरी प्यारी तिमि मेरी आत्मा हौ, सुरक्षित रहने पवित्र ठाउँ हौ ।जव ठेगानाविनाको चिठ्ठीजस्तो थिएँ तिमी मेरो पत्रबाहक बन्यौ संवेदनाको संवाहक बन्यौ मेरो बक्षस्थल हौ तिमि

तिमी पथप्रदर्शक पर्यटक भएर नारायणी नदीको किनारै किनारमा यात्रा गरेको सम्झिन्छु मायाको देशमा सुन्दर महत्वपूर्ण दृश्य अवलोकन गर्नका लागि हामी भ्रमण गरेका थियौ नदीमा नुहाएका  थियौ चितवनको जेम्स पार्कमा  घण्टौ बिताएका थियौं अचानक मेरो मुटुमा कसैले वाण हानेको थियो रक्तिम गुलाफको झाङ्गमुनि ढलेथें तिमीलाई पनि त्यस्तै भएको थियो मेरो समिपमा ढलेकि थियौ ती मुटुहरुले हामी दुवैको सामिप्यता चाहेका थिए पुष्पपत्रहरु वर्षिएर हामी पुरिएका थियौं परमानन्दले ओतप्रोत थियो त्यो मिलनको पल

प्रेमका देवता क्युपिडले हामीलाई प्रेमी प्रेमिका बनाउन वाण हानेका थिए भन्ने दुवैले थाहा पाइहाल्यौ हामीले राम्ररी बुझेका थियौं क्युपिडको प्रेमलीला उनी महिला पुरुषको मुटुमा वाण हानेर एक अर्काप्रति आकर्षित गर्थे रे अनि प्रेमको संसारमा प्रवेश गराइदिन्थे रे प्यारी, हामीले पनि कैयौं प्रेमपत्रहरुमा मुटुको बीचमा वाण हानेको चित्र बनाएका थियौ है !

क्युपिडले हामीलाई जब रङ्गीन दुनियाँमा प्रवेश गराए, तब सप्तरङ्गी इन्द्रेणीमात्र देखेका हामीले एकैसाथ प्रेमको रङ्ग पनि देख्यौं सातवटा रङ्गहरु घुलेर एक भएपछि प्रेमको रङ्ग बन्दोरहेछ जादुमय अनुपम विश्वका सात आश्चर्यको सङ्गम पनि पनि यही रङ्गभित्र रहेछ छरिदिन पाए हुन्थ्यो यसलाई ब्रहमाण्डभरि कै मनहरुमा सबैले भोगुन प्रेमको वास्तविकता किनकि प्रेमविनाको जीवन निरस   ब्यर्थ हुन्छ अधुरो हुन्छ सुरविनाको सङ्गीतजस्तो शब्दविनाको गीतजस्तो दृष्टिविनाको आँखाजस्तो फूलविनाको काँडाजस्तो

मलाई मायाको किनारै किनारमा स्मृतिका पत्रहरु छर्दै तिमीसामु तिम्रो बक्षस्थल अनि तिम्रै वरिपरि बसेर ग्रन्थ लेख्न मन लाग्छ जहाँ हाम्रो सत्यकथाको महिमा वर्णन गरिएको हुन्छ हाम्रो सहलेखन हुनेछ त्यो पढनेछन् प्रेमवादी पाठकहरुले अनि यसको महत्वलाई अझ बढी बुझनेछन्

हाम्रो प्रेमको फूलबारी रङ्गीचङ्गी बनोस् यो कोपिलाइरहेको अनुराग फक्रियोस् सर्वत्र अनुराग छरोस् आउ, हामी मिलेर अझ नयाँ नयाँ रङ्ग प्रकारका फूलहरुको जन्मदाता बनौं। पानी हालौं बार बारौं गोडमेल गरौं यो जगतलाई अर्कैरुपमा परिवर्तन गरौं हामीले सँगै देखेका सपनालाई साकार बनाएर विपनामा रुपान्तरण गरौं

                                                                                                                                                                        तिम्रो राजा

   (यादव चन्द्र बिष्ट)

बुटवल रुपन्देही

 

Post a Comment

0 Comments